हाम्रो घर आँगनमै पाइने घ्यू कुमारी अचुक औषधि

घ्यू कुमारी सर्व गुणकारी मानवहितमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ ।

एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न । जोर्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालाई बेजोड् मानिन्छ । एलोवेराले कपाल चुडिनबाट जोगाउने तथा कपाललाई सेतो हुनबाट रोक्ने गर्दछ । दैनिकरुपमा सुत्नुभन्दा अगाडि गोडामा लगाएमा गोडा फुट्नबाट बचाउँछ । यसले छालाको नरमपनलाई कायम राख्दछ ।



औषधोपचार

१. आँखाको रोगमा

आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

२. कानको रोगमा

कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २्३ थोपा दाहिने कान दुखेमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुवै दुखेमा दुवैमा हाल्नाले ठीक हुन्छ ।

३. मस्तिष्कको रोगमा

मस्तिष्कको रोगमा नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।

४. पुरानो ज्वरोमा

पुरानो ज्वरोमा घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ ।

५. जण्डीस, कमलपित्त भएमा

जण्डीस, कमलपित्त भएमा बिहान बेलुका १्१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।

६. खटिरामा

खटिरामा घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।

७. वायुगोला गानो गएमा

वायुगोला गानो गएमाः १ चम्चा घ्यू कुमारीको गुदी, १ चम्चा राम्रो बेसार १ चिम्टी सिदे नून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।

८. चिनी रोग (डाइबेटिज) मा

चिनी रोग (डाइबेटिज) मा १ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।

९. यौवनवान बनिरहन

यौवनवान बनिरहन २ चम्चा घ्यू कुमारीको गुदी बिहान्बेलुका खाने गर्नाले कुनै रोगले छुँदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।

१०. कुनै पनि विषमा

कुनै पनि विषमा घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।

सम्बन्धित समाचार