धनुषामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर स्थानीय शिवकुमार महतो, उनकी श्रीमती र एक जना कामदारको मृत्यु भएको हो । कामदारको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।