फेसबुकले दशौं हजार एप हटायो

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले दशौं हजारौं एपलाई हटाएको छ । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित डेटा चोरी हुनेगरी भएको केम्ब्रिज एनलिटिका काण्डपछि फेसबुकले दशौँ हजार एपलाई निलम्बन गरेको हो ।

सन् २०१८ मा केम्ब्रिज एनलिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको डेटा हेरेको खुलासा भएपछि फेसबुकलाई सुरक्षाको विषयमा ठूलो दबाव परेको थियो।



केम्ब्रिज एनलिटिका राजनीतिक परामर्श दिने कम्पनी हो। फेसबुकबाट व्यक्तित्वसम्बन्धी प्रश्नोत्तरमार्फत् हात पारेको डेटा उक्त कम्पनीले राजनीतिक विज्ञापन गर्दा उपभोक्ता खोज्न प्रयोग गरेको आरोप छ।

फेसबुकले उपभोक्ताको गोपनीयता भङ्ग गरेको ठहर गर्दै अमेरिका सरकारले गत जुलाई महिनामा उक्त विशाल कम्पनीलाई पाँच अर्ब डलर जरिवाना तिराएको थियो ।

केही समयअघि महिलाको प्रिग्नेन्सी सम्बन्धि जानकारी गराउने एपले पनि व्यक्तिगत डेटा बाहिर लिक गरेको आरोप लागेको थियो । त्यही जानकारीको आधारमा हजारौं महिला प्रयोगकर्ताले यसको प्रयोग हटाएका थिए ।

सम्बन्धित समाचार