सोलुखुम्बुको लुक्काबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर काभ्रेको बनेपामा आकस्मिक अवतरण भएको छ । लुक्लावाट काठमाडौं आउदै गरेको सिम्रिक एयलायनसको ९ एन-एएनबी हेलिकोकप्टर खराव मौसमका कारण बनेपा स्थित आईटी पार्क नजिकै खेतमा सुरक्षित अवतरण गरिएको हो ।
लुक्लावाट ५ जना विदेशी पर्यटक रेस्क्यु गरेर आएको सिम्रिक एयलायनसको ९ एन- एएनबी हेलिकोकप्टर बनेपामा सुरक्षित अवतरण गरेको प्रहरीले जनाएको छ । भिजिबिलिटि निकै कम भए पछि क्यापटेन वियय खड्काले केहि छिन सुरक्षित स्थानमा राखिएको र मौसममा सुधार आए पछि काठमाडौं फर्कनेछ ।