सवारी जामले रौतहटबाट उपचारका लागि काठमाडौं जाँदै गरेका बिरामीको मृत्यु भएको छ । रौतहटको गरुडा ८ निवासी ३५ वर्षका रुपलाल साहको पृथ्वीराजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला बिहान ५ बजे मृत्यु भएको आफन्तले बताएका छन् । बिरामी ना ७ ख ५३६४ नम्बरको गाडीमा चढेरका थिए ।
शुक्रबार बिहान २ बजेबाट जाम सुरु भएको थियो। आफन्तका अनुसार मृतक साह मृगौलाका बिरामी थिए। नौबिसे-नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित हुँदै आएको छ। सो क्षेत्रमा ९ घण्टासम्म सवारी जाम पर्ने गरेका छन् ।