घरलाई शान्त बनाउन यी ५ चीजबाट जोगिनुहोस्

वास्तुशास्त्रमा घरमा कुन कुन चीजहरु कहाँ कहाँ राख्ने बारे बताइएको हुन्छ, तर कहिलेकाहीँ घरको वास्तु नमिल्दा विभिन्न समस्याहरु आईपर्न सक्छन्, जसका कारण पनि घरमा भनेजस्तो नहुन सक्छ ।

यसकारण वास्तुकोको दोष बन्न गई घरमा समस्या बन्न जान्छ । यी पाँच चीजहरुमा ध्यान दिएमा उन्नती तथा सफलताको बाधा हट्ने वास्तुविदहरुको विश्वास छ ।



घरको दक्षिण दिशामा फोटो

घर सजाउनका लागि कोठामा तस्विरहरु सजाउने गरिन्छ, तर दक्षिण दिशामा निलो रङ तथा पानीको फोटो लगाउनाले
परिवारको उन्नती तथा सम्मानमा हानी पुर्याउने मानिन्छ ।

धातुले बनेको ड्रागन

घरको पूर्वी दिशामा कहिले पनि धातुले बनेको ड्रागन राख्नु हुँदैन र शयन कक्षमा पनि यो शुभ मानिँदैन । यसले नकारात्मक असर पर्नुका साथै विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ ।

कागतीको विरुवा

कागतीको विरुवालाई सौभाग्य र सम्पन्नताको प्रतिक मानिन्छ । धनसम्पति कमाउनका लागि आफ्नो बगैंचाको दक्षिण पूर्वमा दिशामा कागतीको विरुवा लगाउनुहोस् । अन्यत्र लगाउनाले यसले शुभ फल नदिन सक्ने बताइएको छ ।

हरियो विरुवा

गमलामा हरियो विरुवा तथा फूलहरु राख्ने चलन छ । तर, घरको दक्षिण–पश्चिम दिशामा हरियो विरुवा राख्नाले परिवारका व्यक्तिको विवाहमा रोकावट हुनुका साथै विवाह भएता पनि झैझगडा हुने सम्भावना रहन्छ ।

सुकेको फूल

यदि घरमा हरियो फूल छ भने यसले फाईदा पुग्छ, तर फूल सुकेको वा ओईलाएको भए यसलाई तुरुन्त हटाईहाल्नु पर्छ, यसले घरमा बिरामी फैलाउँछ ।

सम्बन्धित समाचार