मेमाेरी पावर बढाउन चाहनुहुन्छ, झुक्किएर पनि बढी नखानुहोस् यी चिजहरू

के तपाईँ चाहनुहुन्छ, आफ्नो स्मरण शक्ति घटाउन ? यदि चाहनु हुन्न भने नखाने गर्नुहोस् यी चिजहरू जसको सेवन गर्दा तपाइको स्मरण शक्ति घटेर जाने गर्दछ ।

बढी चिल्लो
बढी चिल्लो खानेकुरा खान त सबैलाई नै मन पर्ने गर्दछ । तर हामीले बढी चिल्लो खानेकुराको सेवन गर्छौँ त हाम्रो श्रवणशक्ति र स्मरणशक्ति हराउँदै जाने गर्दछ ।



चुइङगम
चुइङगम चपाउनु कसलाई पो मन नपर्ला र रु तर हामीले चपाउने गरेको चुइङगमले पनि हाम्रो श्रवणशक्ति र स्मरणशक्तिमा ह्रास ल्याउने गर्दछ ।

कार्बोहाइड्रेट युक्त खानाको अभावले पनि दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गर्नका साथै स्मरणशक्ति र श्रवणशक्तिमा पनि नकारात्मक असर पुर्‍याउने गर्दछ ।

नुनिलो
नुनले ह्दयको चाल र रक्तचापलाई असर गर्नका साथै दिमाग र समग्र स्मरणशक्तिलाई पनि असर गर्दछ ।

जंक फुड
जंक फुडको सेवनले दिमाग र स्मरणशक्ति गुमाउनका साथै डिप्रेसन र एंग्जाईटी समेत गराउँदछ ।

फ्राई खानेकुरा
कतिपय मानिसहरूले फ्राई खानेकुरा मन पराउने गर्दछ । तर यस्तो खानेकुरा मनपर्छ भन्दैमा बढी खाने बानी गर्नु हुँदैन । यी खानेकुरा खानाले पनि दिमाग कमजोर र श्रवणशक्ति हराउँदै जान्छ ।

चिनी
गुलियो चिनीको प्रयोग बढी गर्नाले पनि स्मरणशक्ति, सिक्ने क्षमता र श्रवण शक्तिमा समेत ह्रास आउने गर्दछ ।

सम्बन्धित समाचार