भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने भन्दै राजसंस्था व्युताउने अभियानमा लागेको आरोप लाग्ने गरेका ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)माथी निर्घात कुटपिट भएको छ । पछिल्लो समय उनलाई सत्तारुढ दल नेकपाको युवा सङ्गठनले विभिन्न जिल्ला प्रवेशमा रोक लगाएको थियो ।
शाही नेपालका लागी नेपाली अभियान चलाउदै आएका छन । उनले गणतन्त्र माथी नै धावा बोल्ने र शासन सत्ताकै विरुद्दमा लागेर राजतन्त्र व्युताउन लागिपरेको आरोप लाग्दै आएको छ ।
उनलाई आज चितवनमा स्थानीय युवाहरुले निर्घात कुटपीट गरेका हुन । राजतन्त्र ल्याउन खोजेको भन्दै उनलाई कुटपिट गरिएको जनाइएको छ ।
केहि दिन पहिलेमात्रै उनले पर्यटनमन्त्री योगेश भट्टराई नेपालगञ्जबाट काठमाडौं आउन लागेका बेला बुद्द एयरमा हुलहुज्जत गरेका थिए । ललितपुर प्रहरीले हिरासत लिएर आइन्दा यस्तो गतिविधि नगर्ने सर्तमा छोडेको थियो ।