निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न अध्ययन केन्द्र निर्माण गरिनेछः मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा सङ्घीयता अध्ययन केन्द्र निर्माण गरिने बताएका छन्।

आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ‘३७औं वार्षिककोत्सव तथा कर्मचारी पुनःमिलन समारोह’ मा मन्त्री पण्डितले विभिन्न तीन तहको सरकारमा रहेका राजनतीतिक दल र निजामती कर्मचारीको कामलाई चुस्त र दुरुस्त बनाउन सो अध्ययन केन्द्रले सहयोग गर्ने बताए ।



उनले भने, “यो अध्ययन केन्द्रमा विश्वकै संविधान अवलम्वन गर्ने देशका मानिसहरुले बसेर अध्ययन र अनुसन्धान गर्न पाउने छन् ।”

सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सातै प्रदेशमा विस्तार गर्न लागेको मन्त्री पण्डितले जानकारी दिए । उनले थपे, “दुई महीनाभित्र सातै प्रदेशका भवन हस्तान्तरण गरी काम अघि बढाउने भएका छौं ।” लोकसेवाले दशैंको अन्तिमसम्ममा स्थानीय तहका लागि नौ हजार १६२ कर्मचारीको विज्ञापन आव्हान गर्ने उनले बताए । देशलाई अझ व्यवस्थित बनाउन हरेक नेपालीलाई प्रशिक्षणको जरुरत रहेको मन्त्री पण्डितले बताउँदै भने, “त्यसपछि मात्र मुलुकअघि बढ्ने छ । ”

सम्बन्धित समाचार