बझाङका मुकेशराज जोशीले एक सय २४ घण्टा ३० मिनेट किताब पढेर विश्व किर्तिमानी राखेका छन् । जोशीले ६ दिन ५ रात लगाएर किताब पढी विश्व रेकर्ड राखेका हुन्।
जोशीले ६ दिन ५ रातको सो अवधिमा २२ ओटा पुस्तक पढेर सकेका थिए। गिनिज इभेण्टको आयोजनामा उनले गत असोज ५ गते बिहान साढे ११ बजेदेखि किताब पढ्न शुरु गरेका थिए। उनले राजधानीको पुतलीसडकमा रहेको नेम इन्स्टिच्युटमा किताब पढेर विश्व रेकर्ड राखेका हुन् ।
गिनिज बुकमा नाम लेखाएको भएता पनि उनलाई प्रमाणपत्र भने दिन बाँकी नै रहेको बताईएको छ।
यस भन्दा अघि यस विधामा १ सय १३ घण्टासम्म पढेर नेपालका दीपक शर्माको सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए।