नवरात्रको बेला भुलेर पनि नगर्नुहोस् यी गल्ती, धर्म होइन पाप लाग्ला !

वडादशैँ नेपालीहरुको महान चाड हो । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ। हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्य देखि अक्टोबर महिनाको मध्य बीचममा पर्छ ।

दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरू हुन् ।



आश्विन शुक्ल पक्षदेवी भागवत महापुराण अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावण माथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवी/देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन न मिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ ।

धेरैजनाले नवरात्रीको बेला ९ दिनसम्म उपवास गरेर देवीको पूजा गर्ने गर्छन् । देवीको मूर्ति स्थापना गरेर गरिने पूजाका केही नियम पनि हुन्छन्, जसलाई ख्याल नगर्यो भने तपाईले गरेको पूजा र उपवासले सार्थकता पाउँदैन ।

यस्ता छन् ती नियमहरु,

– नवरात्रीका दौरान उपवास गर्ने व्यक्तिले जुँगा, दाह्री, कपाल काट्नु हुँदैन ।

– घरमा देवीको मूर्ति तथा कलश स्थापना गरेपछि घरलाई खाली छाड्नु हुँदैन ।

– ९ दिनसम्म सात्विक भोजन मात्रै गर्नुपर्छ । उपवास गर्ने व्यक्तिले माछा, मासु, अण्डा तथा लसुन, प्याज एवम् मास र मसुराको दाल खानु हुँदैन ।

– उपवास गर्ने व्यक्तिले व्रतको बेला खाने खानामा अनाज समावेश गर्नु हुँदैन । फलफूल र दूध मात्रै खानु पर्छ ।

– विष्णु पुराणका अनुसार नवरात्री व्रतको समयमा दिउँसो सुत्नु हुँदैन ।

– उपवासका दौरान जाँड रक्सी छुनु पनि हुँदैन ।

– व्रतको दौरान सूर्तिजन्य पदार्थ, जस्तै चुरोट, खैनी, गुटखा पनि सेवन पनि गर्नु हुँदैन ।

– व्रतको दौरान शारीरिक सम्बन्ध राख्नु हुँदैन ।

– महिलाले मासिक धर्म ९महिनावारी०को बेला पूजा गर्नु हुँदैन ।

– महिनावारीको सात दिनसम्म पूजा गर्न बर्जित गरिएको छ ।

सम्बन्धित समाचार