सभामुख कृष्णबहादुर महराले उनीमाथि एकजना महिलाले लगाएको यौन दुर्व्यवहारको आरोप लागेको बारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोनवार्ता गरेका छन् । फोनवार्ताको क्रममा उनले छानबिनका लागि सहज वातावरण बनाइदिन आफू तयार रहेको बताएका छन् । सभामुख महराले घटनाबारे छानबिनका लागि आफू सहज वातावरण बनाउन राजीनामा दिन पनि तयार रहेको बताएको स्रोतको दावी छ ।
ओली र प्रचण्डले घटनाबारे अध्ययन गरेर राजीनामाबारे सोचौला भन्ने जवाफ दिएका थिए । आफु निर्दोश रहेको भएपनि सरकारलाई अफ्यारो पर्ने स्थिति आएमा आफु राजीनामा दिएर सहयोग गर्न तयार रहेको महराको भनाइ थियो ।
महरालाई आइतबार राति राजधानीमा एक महिलाको कोठामा गएर मादक पदार्थ सेवन गरी यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उक्त घटनालाई लिएर देशको राजनीतिक माहोल तातेको छ ।