नेकपा सचिवालय बैठकः महरालाई राजीनामा दिन आग्रह

सभामुख कृष्ण बहादुर महराको पछिल्लो यौन दुर्व्यवहार काण्ड सार्वजनिक भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीका नेता समेत रहेका सभामुख कृष्ण बहादुर महरालाई सभामुख र सांसद सदस्य दुवै पदबाट राजिनामा दिएर यौन दुर्व्यवहार काण्ड छानविनमा सहयोग पु-याउन आग्रह गरेको छ ।

संसद सचिवालयका काजमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफुलाई जर्वजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएकी थिइन् । ती महिला कर्मचारीले आइतबार साँझ महराले मदिरा पिएर आफुमाथि करणीको प्रयास भएको विभिन्न सञ्चारमाध्यमलाई बताएकी हुन् । तर यसवारे पीडित भनेकी महिलाले प्रहरीमा जाहेरी नदिएको प्रहरीले जनाएको छ ।



यसैबीच सभामुख कृष्णबहादुर महराले ती महिलाले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेका थिए ।

सम्बन्धित समाचार