यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।
संसद सचिवालयकै एक कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
सभामुख कृष्ण बहादुर महराको पछिल्लो यौन दुर्व्यवहार काण्ड सार्वजनिक भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीका नेता समेत रहेका सभामुख कृष्ण बहादुर महरालाई सभामुख र सांसद सदस्य दुवै पदबाट राजिनामा दिएर यौन दुर्व्यवहार काण्ड छानविनमा सहयोग पुर्याउन आग्रह गरेको थियो ।