गैर आवासीय नेपाली संघको आसन्न नवौ बिश्व सम्मेलन तथा महाधिवेशनमा यूरोपबाट उपसंयोजक पदमा नर्वेका कुमार पण्डितले उमेद्वारी दिने घोषणा गरेका छन्। लामो समयदेखी नर्वेमा बसोबास गरिरहेका पण्डितले ओस्लोमा एक कार्यक्रम गरेर आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।
नर्वेमा विगत लामो समयदेखी सामाजिक क्रियाकलापमा सक्रिय पण्डित एक सफल नेपाली वयवसायि हुन्। एनआरएनए नर्वे बिगत लामो समय देखी सक्रिय रहेपनि केन्द्रीय स्तरमा भने जिम्मेवार पदमा नर्वेबाट नेतृत्व नभयको अवस्थामा आफु अगाडि बढ्न लागेको र यसमा सम्पूर्ण नर्वे बासी एवं यूरोपबासी नेपालीहरूको सहयोग र समर्थन पाउनेमा आफु आशाबादी रहेको पण्डितको भनाइ थियो।
हामीले यूरोपबाट सिकेको ज्ञान, सिप र प्रबिधि एवं लगानी नेपाल भित्र्याउने र नेपालको समग्र बिकाशमा गैर आवासीय नेपालीको सक्रिय भूमिकामा हातेमालो गर्न आफु तयार रहेको पण्डितले बताए। अन्य यूरोपियन मूलुकहरूमा जस्तो नेपाली ब्यवसायीहरू नर्वेमा नभयको अवस्थामा ठुलो(ठुलो आर्थिक लगानी यहाबाट नहुन सक्ला तर यूरोपमै नमूना नेपालीको रूपमा बिभिन्न पेशाका बिशेषज्ञहरू भयको नर्वेले नेपालको शिक्षा, स्वास्थ्य र पर्यटन जस्ता क्षेत्रमा ठुला कामहरू गर्न सम्भव रहेको र त्यसैमा केन्द्रित रहेर काम गर्न र अन्य मुलुक हरूमा रहेका क्षेत्रगत विशेषज्ञहरू संग समन्वय गरि काम गर्न आफु उत्साहित रहेको उनले बताए।
‘युरोप बसोबास गर्ने नेपालीहरुको समस्या समाधान , युरोपको सीप ज्ञानलाई नेपालमा परिचालन’ भन्ने नारा बोकेका पण्डितले यसअघि २०१५-१७ कार्यकालमा एनआरएनए नर्वेको नेतृत्व सम्हालीसकेका छन्।