अमेरिकी पुरस्कारको मनोनयनमा डा. थापा

नेपाल कमर्श क्याम्पस, मीनभवनका सह–प्राध्यापक डा. गोपाल थापा अमेरिकन मार्केटिङ एशोसिएशनको 2019 AMA Higher Education Marketer of the Year Individual Award को मनोनयनमा पर्न सफल भएका छन् ।

२०५६ सालदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत्को नेपाल कमर्श क्याम्पस, मीनभवनमा बजारशास्त्र अध्यापन गराइरहेका डा. थापा उक्त पुरस्कारका लागि मनोनयनमा पर्ने पहिलो भाग्यशाली नेपाली हुन् । उनी लामो समयदेखि त्रिभुवन विश्वविद्यालय, बजारशास्त्र विषयको समितिका सदस्य सचिवका रूपमा पनि सक्रिय रहँदै आएका छन् ।



डा. थापाले ‘टेलिभिजनमा विज्ञापन’ विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली व्यक्तित्व पनि हुन् । उनले १२ वटाभन्दा बढी पुस्तक प्रकाशित गरिसकेका छन् भने उनका ५० वटाभन्दा बढी लेखरचनाहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन् । उनको पुस्तक Dictionary of Marketing लाई आधुनिक बजारशास्त्रका पिता भनेर चिनिने प्रोफेसर फिलिप केट्लरले ‘अ भेरी युजफुल डिक्सनरी फर मार्केटर्स्’ भनी टिप्पणी गरेका छन् ।

मनोमयनको अन्तिम नतिजा प्रकाशन आगामी नोभेम्बर महिनामा हुनेछ ।

सम्बन्धित समाचार