संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई प्रहरीले निगरानीमा राखेको छ ।
सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाहीमाथि कुनै अप्रीय घटना नहोस् भन्ने हिसाबले प्रहरीले निगरानीमा राखेको काठमाडौं प्रहरी पसिरका एसपी अशोक सिंहले जानकारी दिए ।
‘उनको निगरानीसँगै सुरक्षाको लागि भनेर एकजना प्रहरी सहायक निरीक्षक (असई) र एक जना महिला प्रहरी खटाइएको छ, उनीहरु सयम समयमा फेरिन्छन्,’ सिंहले भने ।
मंगलबार आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीलाई समेत फोन गरेकी शाहीले पछिल्लो सयम भने बलात्कार नगरेको र आफूले रिसको झोकमा बोलेको बताउँदै आएकी छिन् ।
प्रहरीका अनुसार रोशनीले बलात्कारबारे उजुरी नदिएसम्म प्रहरीले महरामाथि अनुसन्धान नहुने जनाएको छ । यद्यपि प्राविधिक रुपमा भने प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ ।