तत्कालीन सभामुख कृष्णबहादुर महरा र संघीय संसदकी कर्मचारी रोशनी शाही काण्डले आफूलाई लज्जाबोध गराएको भन्दै विवेकशील नेपाली दलका नेता शशीविक्रम कार्कीले आफ्नै अनुहारमा कालोमोसो दलेर जुत्ताको माला लगाएका छन् । रोशनी शाहीले महराले बलात्कार गरेको आरोप लगाएकी थिइन् । यद्यपी अहिले उनले आफ्नो सो आरोप फिर्ता लिएकी छन् । महरा रोशनी काण्डको विश्वव्यापी समाचारको बन्यो ।
यस घटनाले कानुन सबैका लागि बराबर नरहेको देखाएको भन्दै उनले विकृतिपूर्ण घटना रोक्न आफूले कुनै भूमिका खेल्न नसकेकोमा आफूलाई नै गैरजिम्मेवार ठान्दै अनुहारमा कालोमोसो र जुत्ताको माला लगाएको बताएका छन् । उनले सबै नेपालीलाई पनि आफ्नो अनुहारमा कालो पोतेर जुत्ताको माला लगाउन आग्रह गरेका छन् ।
‘हामीले यो देशमा राजतन्त्र हटायौं । किन हटायौं किनकी राजाहरु नागरिक भन्दा माथि हुन्थे । अबको समयमा कोही पनि निश्चित परिवारमा जन्मेकै आधारमा माथि र तल हुनु हुन्न । लोकतन्त्र ल्यायौं । कानुनको नजरमा सबैको हैसियत समान हुन्छ । कानुनले सबैलाई समान व्यवहार गर्छ भनेरै लोकतन्त्र ल्यायौं ।’ उनले सार्वजनिक गरेको भिडियोमा भनिएको छ।
https://www.facebook.com/746807845/videos/10159054144332846/