मेयर विद्या सुन्दरलाई डेंगु

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई डेंगु रोग लागेको छ। मेयर शाक्यको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ।

हिजो (बिहीबार) अस्पताल भर्ना भएका मेयरको स्वास्थ्य परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको शाक्यको सचिवालयले जनाएको छ।
उनको स्वास्थ्य परीक्षण गर्ने क्रममा गरिएको रगत परीक्षणमा शाक्यलाई डेंगु संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ।



मेयर शाक्यलाई डेंगु पुष्टि भएपछि उपचार शुरु गरिएको अस्पतालले जनाएको छ।

सम्बन्धित समाचार