आगामी शनिबारदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर सुरक्षा निगरानी बढाइएको छ । सी भ्रमणका बेला हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो । उनको भ्रमणलाई लिएर नेपाली सेना समेत परिचालन गरिएको छ ।
दुई दिने नेपाल भ्रमणमा रहने राष्ट्रपति सीलाई उच्च सुरक्षासहित सोल्टी होटलमा राखिने छ । सी नेपाल उत्रनासाथ साल्टी होटेल पुगेर सिधै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितलनिवास पुग्ने कार्यक्रम छ । यो समयमा करिव ३ घण्टा सवारी आवागमन ठप्प हुने स्रोतले जनाएको छ ।
दुई दिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति शनिबार नेपाल आउँदैछन् । चिनियाँ राष्ट्रपतिको भ्रमण तय भएपछि पराष्ट्रमन्त्रालय तीव्र तयारीमा जुटेको छ ।