वीरकोट गाउँको कला संस्कृति झल्कने तिहार गीतः सोरठी नचरी

गलकोट नगरपालिका वडा नं ८ काँडेबास वीरकोट मगर समुदायको बसोबास भएको गाउँ हो । दर्लामी मगर, सलामी मगर र बुढाथोकी मगरहरूको बाहुल्यता रहेको उक्त गाउँ कला संस्कृतिको धनी ठाउँ हो । विशेष गरी तिहारमा गाइने सोरठी देउसी भैलो त्यहाँको विशेषता रहेको छ । स्थानीय स्तरमा संस्कृति संरक्षण मञ्च नामक सामाजिक संस्था कला संस्कृतिको संरक्षण गर्दै यसलाई जीवन्त राख्न प्रयत्नशील रहिआएको छ ।

वीरकोट मगर समाज र गैरी गाउँ आमा समूह वीरकोटले त्यसमा सहकार्य गरिरहेको छ । मञ्चले स्थानीय देउसी भैलो र सोरठीलाई संरक्षण गर्न गाउँमै सुटिङ युनिट ल्याएर नचरी भाग १, भाग २, भाग ३ हुँदै अहिले भाग ४ छायाङकन गरेको छ । गाउकककै कला संस्कृतिलाई झल्काउने गरि भिडियो तयार पारिएको छ । भाग ३ सम्मका सबै गीती एल्वम सार्वजनिक भइसकेका छन भनें भाग ४ यो तिहार अगावै सार्वजनिक गर्ने तयारी भइरहेको बुझिएको छ । मगर समुदायमा यसै पनि कला संस्कृति र सभ्यतामा धनी मानिन्छ । कला र गलाले भरिपूर्ण कलाकारहरू यो समुदायमा छन् ।



तिहारमा खेलिने देउसी भैलो सोरठीलाई जीवित राख्न र परम्परागत रूपमा मनाउँदै आएको कला संस्कृतिलाई पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न र त्यसतर्फ आकर्षित गर्न आफूहरु प्रयासरत रहेको संस्कृति संरक्षण मञ्च काँडेबासका अध्यक्ष तथा सोरठी कलाकार डिलबहादुर बुढाथोकीले जानकारी दिए । रामायण, कृष्ण चरित्र, तिहारमा भाइटीकाको महत्व, दिदीभाइको सम्बन्ध, त्यस्तै १४ औं शताब्दीका पाल्पा बल्ड्याङगढीका लोकप्रिय राज बलि हाङको पालादेखि तिहारमा भाइटीका सुरु भएको किंवदन्ती रहेको मञ्चका सदस्य पदम सलामी मगरले जानकारी दिए ।

सम्बन्धित समाचार