चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिनको औपचारिक भ्रमण सकेर फर्किनुभएको छ ।
शनिबार दिउँसो ४ः४५ बजे नेपाल आउनु भएका राष्ट्रपति सी नेपालका राष्ट्राध्यक्ष, कार्यकारी प्रमुख र सत्तारुढ दल नेकपासहित विभिन्न पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट तथा छलफलपछि आइतबार अपरान्ह फर्किनुभएको हो ।
राष्ट्रपति सीको भ्रमणमा नेपाल र चीनबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकासहित सरकारी निकाय सम्बन्धित १८ बुँदे सहमझदारी पत्र तथा दुई बुँदे लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।
राष्ट्रपति सीको दुई दिने नेपाल भ्रमण अत्यन्तै उत्साहजक र उपलब्धिमूलक भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति सीलाई समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको छ ।