खुट्टाको कुर्कुच्चा फुटेको छ ? त्यसो भए यसो गर्नुस्

खुट्टाको कुर्कुच्चा फुट्ने समस्या प्राय धेरै मानिसहरुलाई हुने गर्दछ । यदि तपाईलाई पनि यस्तो समस्या छ भने अब चिन्ता नगर्नुस् । यसको समाधानका लागि तपाईले घरमै उपलब्ध हुने सरसामानबाटै उपचार विधि अपनाउन सक्नुहुन्छ ।

बेकिङ्ग सोडा



आवश्यक्ता अनुसार मनतातो पानिमा ३–४ चम्चा बेकिङ्ग सोडा मिलाई त्यसलाई घोल्नुहोस र यसमा फुटेको हात, खुट्टाको कुर्कुच्चालाई डुबाउनुहोस् ।

यसो गर्नाले पनि फुटेको छालालाई निको पार्दछ । फुटको कुर्कुच्चालाई निको पार्ने सबैभन्दा सरल र सस्तो उपचार भनेको हल्का तातो पानीमा भिजाउनु नै हो ।

चिनी

चिनीको प्रयोगबाट हामीले घरमै यसको उपचार गर्न सक्छौ । आधा गिलास जति चिनी लिनुस् । चिनीको आधा भाग जति मनतातो तातो पानिमा चिनीलाई घोलनुस् ।

यदि उपलब्ध गर्न सकिन्छ भने पानीको सट्टामा तपाईले ग्लिसरिन अथवा नरिवलको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यसलाई चिनीसँग घोलेर बाक्लो लेद बनाउनुहोस् ।

यसमा तपाईले पुदिना पनि मिसाउन सक्नुहुन्छ । यसरी तयार गरिएको चिनीको लेदोलाई तपाईले फुटेको कुर्कुच्चा अथवा फुटेको हातमा लगाउँदा यसले छालालाई नरम, मुलायम बनाउनुका साथै यसले छालालाई सफा पनि बनाउँदछ ।

भुइँकटहर

भुइँकटहरको बोक्रामा इन्जाईम र एसिड पाईन्छ जसले फुटेको छालालाई निको पार्नमा मद्दत गर्दछ । त्यसैले भुइँकटहर तास्ना त्यसको बोक्राले फुटेको कुर्कुच्चा वा छालामा राम्ररी ढाकेर नरम कपडाले बाँध्नुहोस् ।

यसरी बाँधेको बोक्रालाई केही घण्टा पश्चात् परिवर्तन गरि फेरि अघि जस्तै क्रिया दोहोर्याउनुहोस् । यस्तो उपचार विधि लगातार एक हप्तासम्म गर्नाले तपाईको फुटेको हात/खुट्टा निको हुनेछ ।

सम्बन्धित समाचार