अफताब आलम सांसद पदबाट निलम्बित

संघीय संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सोमवार सूचना पत्र जारी गर्दै आलमलाई फौजदारी अभियोगमा गिरफ्तार गरेको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटले दिएकाले संविधानको धारा १०३ को उपधारा ६ बमोजिम उनलाई निलम्बन गरेको उल्लेख गरेका छन् ।

संविधान बमोजिम जिप्रका रौतहटले फौजदारी अभियोगमा २६ असोजमा आलमलाई गिरफ्तार गरेपछि प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्ति ९हाल स्उपसभामुख० लाई जानकारी गराएपछि संसद सचिवालयले आलमलाई निलम्बन गरेको सूचनापत्र जारी गरेको हो ।



प्रतिनिधिसभा नियमावली, २०७५ को उपनियम ९३० बमोजिम निलम्वन गरिएपछि आलमले सांसदको हैसियतले पाउने सबै सुविधा रोकिएको छ । उनले प्रतिनिधि सभा सदस्यको हैसियतले हिरासतमा रहँदासमेत सांसदको लोगो भने लगाउन पाउने छन् ।

रौतहटको राजापुर स्थायी घर भएका आलम नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । उनीमाथि २७ चैत २०६४ का दिन संविधानसभा निर्वाचनको बेला बम बनाउँदै गर्दा आफ्नै काकाको घरमा घाइते भएका १० जनालाई इँटाभट्टाको भट्टीमा हालेर जलाएको आरोप छ ।

आलम कांग्रेसका पुराना नेता शेख इद्रीसका भतिजा हुन् । उनी माधव नेपाल नेतृत्वको सरकारमा श्रममन्त्री समेत भएका थिए । उनीमाथि कर्तव्य ज्यान मुद्दाको विषयमा किटानी जाहेरी परे पनि तत्कालीन महान्यायाधीवक्ताको कार्यालयले घटनामा बम विष्फोट र घाइतेको कुनै प्रमाण फेला नगरेको भन्दै मुद्दा नलिन आदेश दिएको थियो ।

आलमलाई रौतहटको राजपुर नगरपालिका वडा नं १ इद्रिस गेटबाट आइतबार पक्राउ गरिएको थियो ।

सम्बन्धित समाचार