हल्दिवारीको भेलागुढी शहीद स्मृती पार्कमा हल्दिवारी महोत्सव हुँदै

‘फेरि पनी घुम्न जाउँ, हल्दिवारी गाउँ’ भन्ने मुल नाराका साथ हल्दिवारी गाउँपालिका (झापा) को आयोजनामा काग तिहारको दिनदेखि छठ पर्वको भोलिपल्टसम्म हल्दिवारी महोत्सव हुने भएको छ ।

हल्दिवारी गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा चिनाउन महोत्सवको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले बताए ।



हल्दिवारी महोत्सवले यस क्षेत्रका धार्मिक तथा पर्यटकीय ठाउँहरु एसिया कै जैविक विविधता भएको जलथल जङ्गल, भेलागुढी शहीद स्मृती पार्क, धनुष पोखरी, पाथीभरा पर्यटकीय क्षेत्र, दुधकन्या तथा साकेला धार्मिक क्षेत्र लगायतका अन्य धार्मिक तथा सिमसार क्षेत्रको प्रचारप्रसार हुने भएकोले महोत्सव निकै महत्त्वपूर्ण हुने उपाध्यक्ष गिरि बताउँछन् ।

महोत्सवमा यहाँका विभिन्न जातजातिका स्टलहरु हुनेछन् भने यहाँका सन्थाल, राजवंशी, मेचे, राई, लिम्बु, तामाङ, नेवारलगायत अन्य समुदायले आ–आफ्नो संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रमको समेत मनोरञ्जन दिने तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले महोत्सवलाई आकर्षक पार्ने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे बताए ।

हल्दिवारी महोत्सवको लागी गाउँ पालिकाले ५ लाख छुट्याएको छ भने महोत्सवको सम्पूर्ण तयारी गर्ने जिम्मेवारी भेलागुढी सामुदायिक वन उपभोक्ता समुहलाई दिइएको छ ।

सम्बन्धित समाचार