श्रीमती बलात्कृत हुँदा काठमाडौंमै थिए रोशनीका श्रीमान् !

संसद् सचिवालयमै कार्यरत रोशनी शाहीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा अघिल्लो साता बालुवाटार निवासबाटै पक्राउ परे । महरालाई आज काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराउने प्रहरी तयारी छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको छ ।

रोशनी शाहीलाई उनकै कोठामा गएर महराले दुर्व्यवहार गरेको घटना झनपछि झन् रहस्यमय बन्दै गएको छ । पीडित रोशनीले सञ्चारमाध्यम, सामाजिक सञ्जालदेखि प्रहरीलाई नै दिएको बयान पटक पटक फेरेकी छन् ।



१२ असोजमा पीडित महिलाका श्रीमान् चित्रजंग शाही काठमाडौं बाहिर भएको बताइएको थियो । त्यसक्रममा प्रहरीले टेलिफोन गर्दासमेत उनले आफू पाल्पा भएको बताएका थिए । तर ‘कल लोकसेन’ मा उनी काठमाडौंमै भएको देखिएको छ । उच्च स्रोतले भन्यो,‘उनको मोबाइल घटनापछि काठमाडौंमै एक्टिभ देखिएको छ । यसबाट उनले ढाँटेकोजस्तो देखिन्छ । त्यो तथ्य पनि हामी केलाउँदैछौं ।’

घटनाक्रम अगाडि बड्दै गर्दा चित्रजंगले पत्नि रोशनी शाहीसँग सम्बन्धविेदको तयारी गरिसकेका छन् । यता शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो ।

सम्बन्धित समाचार