एक भिखारी महिलाको खातामा १० करोड ? हो पत्याउन गाह्रो भएपनि यो कुरा साँचो हो । लेबनानमा एक भिखारी महिलाको बैंक खातामा १० करोडभन्दा बढि रकम भेटाएपछि सबै अच्चम्मित भएका छन् । यो राशी महिलाले मागेर नै जम्मा गरेको पनि खुलेको छ ।
अन्तराष्ट्रिय मिडियाले जनाएअनुसार लेबनानकी वाफा मोहम्मद अवद नाम गरेकी एक भिखारी महिलाले १० वर्षको बीचमा १० करोडभन्दा बढि रुपैयाँ जम्मा गर्न सफल भएकी थिइन् । एक बैंकबाट अर्को बैंकको खातामा ट्रान्सफर गर्नको लागि बैंक पुगेकी ती महिलाले १० करोडभन्दा बढी रकम जम्मा गरेको भेटिएको थियो । भिखारी महिलाको एकाउण्टमा १० करोडभन्दा बढी रकम भेटिएपछि उक्त घटना समाजिक सञ्जालमा पनि निकै भाईरल बनेको छ ।