यो वर्षको भाइटीकामा पनि खुल्ने भएन रानीपोखरी

भाइटीकाको दिन मात्रै खुल्ने गरेको रानीपोखरीको बाल गोपालेश्वर महादेव मन्दिर यो वर्ष पनि नखुल्ने भएको छ । विगत बर्षदेखि यो मन्दिर खुलेको थिएन ।

भूकम्पले क्षति पुर्‍याएको रानीपोखरीभित्र रहेको बालगोपोश्वरको मन्दिर र पुलकोे पुनर्निर्माण नसकिने भएकाले यस बर्षको तिहारमा पनि बालगोपालेश्वर नखुल्ने भएको हो ।



बालगोपालेश्वर मन्दिर मात्रै भए पनि तिहारअघि खुलाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयारी गरे पनि मन्दिर र पुलको काम अझै ४० प्रतिशत बाँकी रहेको छ ।

प्राधिकरणले यसअघि नै रानीपोखरी पुनर्निर्माण गरिरहेको सीए तुलसी कन्ट्रक्सनलाई तिहारअघि मन्दिर र पुल खुलाउने गरी काम गर्न आग्रह गरेको थियो ।

तर कम्पनीका साइट इजिनियर सनम श्रेष्ठले भने दशैको विदाको कारण काम रोकिएकाले पनि तिहारअघि काम सक्न गाह्रो हुने बताए । मन्दिरको लागि चाहिने वास्तुकला भक्तपुरमा बनाउन दिएको र तयार नभएको उनको भनाइ छ ।

सम्बन्धित समाचार