मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीइओसहित पाँच पक्राउ

मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा निदान अस्पतालबाट पाँच जना पक्राउ परेका छन् । प्रहरीले निदान अस्पतालका सीइओ र चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं २६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा राजेश पन्त, रामेछाप दोरम्बा ३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कञ्चनरुप नगरपालिका ९ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कुमुदकुमार भट्टराई र ललितपुरका रामचन्द्र आले रहेको प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक गोविन्द थपलियाले बताए ।



अस्पतालका सीइओ प्रधान, अस्पतालका लिगल अफिसर भट्टराई, अस्पतालका डाक्टर पन्त र जिल्ला प्रसासन कार्यलय ललितपुरका शाखा अधिकृत आलेको मिलेमतोमा मिर्गौला फेल भएका रामेछापका लामाले मिर्गौला ग्रहण गरेका थिए ।

पक्राउ परेका उनीहरुलाई मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन अनुसार अनुसन्धान र कारबाही हुने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार