गैरआवासीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यबीच कडा प्रतिष्पर्धा भइरहेको छ । काठमाडौंको होटल हायातमा भइरहेको चुनावमा अघोषित प्यानलसहित दुई पक्षीय भिडन्त भएको हो ।
दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् । एनआरएनको विधानले भने प्यानलसहित चुनावी प्रतिष्पर्धामा जान पाइदैन ।
संघको चार उपाध्यक्षका लागि नौ जना चुनावी प्रतिष्पर्धामा छन् ।
महिला एक उपाध्यक्षका लागि दुई जना, एक महासचिव पदका लागि दुई जना, सचिव दुई जनाका लागि सात जना, कोषाध्यक्ष एक पदका लागि तीन जना र सह–कोषाध्यक्ष एक जनाको लागि दुई जनाको उम्मेदवारी परेको छ ।