गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । मतदानमा २३ सय ४४ मत खसेको निवार्चन समितिले जनाएको छ । केहि समय पछि मतगणना हुने र आजै मत परिणाम सार्वजनिक हुने निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।
बुधवार नै सकिने निर्वाचन प्राविधिक कारणले स्थगित भएको थियो । मतदानमा सबै भन्दा बढी मत युरोपबाट ९ सय २० खसेको छ । अमेरिकाबाट जम्मा २६१ मत खसेको जनाईएको छ ।
मतदानमा करिब ९२ प्रतिशत अर्थात् २३४४ ले मतदान गरेका छन् । जसमध्ये युरोपबाट ९२०, अफ्रिकाबाट १६, मिडलइष्टबाट ४७०, एशिया प्यासेफिकबाट ४६२, अमेरिकाबाट २६१, ओसिनियाबाट २१५ गरी २३४४ मत खसेको हो ।
कूल मतदाता २५७० जना रहेका थिए । ४२ पद मध्ये १४ विभिन्न पद निर्विरोध भएका छन् । नयाँ नेतृत्वका लागि कुल आचार्य र कुमार पन्त प्रतिस्पर्धामा छन् ।