नेत्रविक्रम बिमली
झापा, १ कात्तिक ।
मेचे समुदायको हितको लागि गठन गरिएको ‘मेचे शिवियारी आफात समाज’ को अधिवेशन झापा हल्दिवारीका युवा नेता रञ्जित मेचेको अध्यक्षतामा एक १५ सदस्यीय केन्द्रीय समिति गठन गरी सम्पन्न भएको छ ।
नवनिर्वाचित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अग्निमाया मेचे, उपाध्यक्षमा सन्तोष मेचे, महासचिवमा वीरेन मेचे, सचिवमा विनोद मेचे, कोषाध्यक्षमा नरेन्द्र मेचे रहेका छन् भने सदस्यहमा प्रमिला राई मेचे, अन्जना मेचे, राजकुमार मेचे, देवेनलाल मेचे, मंगल मेचे, अर्जुन मेचे, सावन मेचे, कविता मेचे, सुनिराम मेचे रहेका छन् ।
नेपालको लोपोन्मुख जातिको रूपमा रहेका मेचे समुदाय हल्दिवारी, मेची नगर, कचनकवल, बाह्रदसी, कमल, विर्तामोड तथा भद्रपुर नगरपालिकामा मात्रै रहेको पाइन्छ । हाल पाँचहजारको हाराहारीमा रहेका यो समुदायको हित र संरक्षणको लागि केन्द्रीय समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष रञ्जित मेचेले बताए । समितिको कार्यकाल तीन वर्षको रहने छ ।