नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले सरकार समृद्धि र विकासको बाटोमा लागेको बताएका छन् ।
राप्ती बहिरा सङ्घ दाङको आज यहाँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले विभिन्न क्षेत्र, जातजाति र वर्गको अधिकार संविधानमा उल्लेख भएको भन्दै संविधान कार्यान्वयन गरी हकअधिकार स्थापित गर्न सरकार लागिपरेको बताए।
“अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न अधिकार संविधानमा स्थापित भएका छन्, त्यसको कार्यान्वयनमा सरकार लागेको छ”, नेता ज्ञवालीले भने । उनले सरकार सबैको अभिभावक भएकाले अपाङ्गता भएका व्यक्तिको हकअधिकार स्थापित गर्न सरकार प्रयासरत रहेको बताए ।