सम्राटको राज्याभिषेकको क्रममा जापानले एकै पटक ५ लाख ५० हजार अपराधीलाई माफि दिँदै

जापानका सम्राट नारुहितोको राज्याभिषेकको क्रममा ठूलो संख्यामा अपराधीलाई रिहाइ गरिन लागिएको छ । त्यहाँको सरकारले अपराधीको समाजिक एकीकरणलाई ध्यानमा राखेर सजाय माफी गर्ने निर्णय गरिएको बताएको छ । यस्तै लामो समयदेखि सजाय काटिरहेका थप हजार कैदिलाई तिनको गम्भीर रोगलाई ख्याल गरेर मानवीय आधारमा रिहा गरिँदैछ ।

जापानमा हगिबिस आँधीको कारण ठूलो मात्रामा जनधनको क्षति भएपछि सम्राट नारुहितोको पूर्व–निधारित राज्याभिषेक कार्यक्रम अक्टोबर २२ बाट स्थागित गरेर नोभेम्बेर १० मा गर्ने निर्णय गरिएको थियो ।



हगिबिस आँधी अक्टोबर १२ मा जापान पुगेका थियो, जसका कारण जापानमा झण्डै १० हजार घर नष्ट भएका थिए । हालसम्म आँधीका कारण ७७ मो मृत्यु भएको छ भने ३४६ मानिस घाइते भएको पुष्टि भएको छ । अझै ७ मानिस वेपत्ता छन् ।

सन् १९८९ मा पनि जापानका सम्राट हिरोहिताको मृत्यु हुदाँ ५० लाख मानिसको अपराध माफी गरिएको थियो । त्यस बखत कैदीको अपराध माफी दिएर तिनको नागरिक अधिकार पुनर्स्थापित गरिएको थियो ।

त्यस्तै सन् १९९० मा नयाँ सम्राट अकिहितोको राज्याभिषेकको क्रममा अलगै २० लाखभन्दा बढी अपराधीलाई क्षमा गरिएको थियो ।

सम्बन्धित समाचार