धादिङको धुनिबेसी नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ । नगरपालिकाको चालिसे भन्ने स्थानमा सडक कर उठाउने ढाट छेउँमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
झोलाभित्र प्रेसर कुकर जस्तो देखिने वस्तु विष्फोटक पदार्थ हुनसक्ने शंका सुरक्षाकर्मीले गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।