अपरेशन गर्दा बिरामीको मृत्यु : आफन्तद्वारा अस्पताल तोडफोड

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले विरोध प्रदर्शन गर्दै तोडफोड गरेको विषयमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञवालीको पिनासको समस्या भएपछि असोज २७ गते नाकको शल्यक्रिया गरिएको थियो । उनको शनिबार दिउँसो निधन भएपछि आफन्तहरुले उपचारमा समस्या भएको भन्दै अस्पतालमा तोडफोड गरेका थिए ।



यसै विषयलाई लिएर चिकित्सक संघले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘उपचारको क्रमको भएको मृत्युको घटनालाई अतिरञ्जित गर्दै अपराधिक मानसिकता साथ हातपात गर्ने, अस्पताल तोडफोड गर्ने तथा अत्यन्तै गतिविधिहरु गरी शान्तिपूर्ण वातावरणमा उपचार गर्ने गराउने वातावरणलाई नै खलल पु(याइएको प्रति नेपाल चिकित्सक संघ घोर भर्तसना र निन्दा गर्दछ ।’

स्वास्थ्य क्षेत्रमा घट्ने विभिन्न घटनाले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुबाट स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण नभएको भन्दै संघले यसबाट उत्पन्न हुने परिस्थितिप्रति चिकित्सक तथा स्वास्थ्यकर्मीहरु जिम्मेवार हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार