फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले एक विवादास्पद उच्च प्रहरी अधिकृतलाई ‘मान्छे मार्न’ निर्देशन दिएका छन् ।
लेफ्टिनेन्ट कर्नेल जोभी एस्पेनिदोलाई बढुवाको नियुक्तिसँगै दुतेर्तेले यस्तो निर्देशन दिएका हुन् । जोभी उच्च पदस्थ व्यक्तिसमेतको संलग्नतामा भएको लागुऔषध तस्करी काण्डमा मुछिएका प्रहरी अधिकृत हुन् ।
उनै विवादास्पद प्रहरीलाई दुतेर्तेले मनिलामा सार्वजनिक रुपमै यस्तो आदेश दिएका हुन् । राष्ट्रपति दुतेर्तेले भनेका छन्, ‘बाकालोद लागुऔषधले ग्रस्त क्षेत्र हो । जहाँ मैले एस्पेनिदोलाई नियुक्त गरेको छु । मैले उनलाई त्यहाँ गएर जोसुकैलाई मार्न तिमी स्वतन्त्र छौ भनेको छु । ।।।का छोराहरु ! मार्न सुरु गर । त्यसपछि हामी दुबैजना जेल जाउँला !’
उनले आक्रोशित बनेर फिलिपिनो र अंग्रेजी दुबै भाषामा यस्तो गाली दिएका थिए । दुतेर्तेले यसअघि पनि धेरै पटक रंगभेदी, जातीय तथा धार्मिक घृणा फैलाउने विवादास्पद गाली सार्वजनिक रुपमै दिएका छन् ।