आलमले पोलीग्राफ टेस्ट गर्न मानेनन, दिए अचम्मको बयान

१७ जनाको क्रूर हत्याको आरोपमा हिरासतमा रहेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले पोलीग्राफ परिक्षण गर्न अस्वीकार गरेका छन्। घटनाका बारेमा साँचो-झुटो के बोल्यो भन्ने पत्ता लगाउन प्रयोग गरिने यो प्रविधि अनुसन्धानका लागि निकै उपयोगी हुनेगर्दछ ।

तर, यो प्रविधि प्रयोग गर्नुपूर्व अभियुक्तको सहमति लिने चलन छ । सहमति खोज्दा आलमले यो प्रयोग गर्ने सहमति नदिएको खुलेको छ ।



यसैगरी उनको सरकारी वकिलसमक्षको बयान सकिएको छ। बयानका क्रममा उनले १२ वर्ष अगाडि घटेको सो घटना घट्दै नघटेको बताएका छन्।

सम्बन्धित समाचार