नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्नेगरी विभिन्न माध्यमबाट भइरहेको प्रचार–प्रसारका पछि नलाग्न आह्वान गरेको छ ।
समितिले आइतबार विज्ञप्ति प्रकाशित गरी यही कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने जनाएको छ । कात्तिक ८ गतेदेखि यमदीपदान सुरु हुन्छ ।कात्तिक ९ गते शनिबार काग तिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म ९म्ह० पूजा पर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, कात्तिक १२ गते मंगलबार गोवर्द्धनपूजा, यमद्वितीया, भाइटीका, किजापूजा र नेपाल संवत् मनाउनुपर्ने समितिको निर्णय छ । यसैअनुसार तिहार पर्व मनाउन समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका विद्वानसँगको राय–सुझावपछि निर्णय गरेको हो । केही व्यक्तिले कात्तिक १३ गते भाइटीका गर्ने भनी गरिरहेको प्रचार–प्रसार शास्त्रसम्मत् नहुने सदस्यसचिव ढुंगेलले बताए । यस पटक लक्ष्मी पूजा १० गते आइतबार परेको छ । यो दिन लक्ष्मीपूजाको विधि अनुसार पूजा गर्नाले घरको गरिबी हट्न सक्छ। यहाँ जान्नुहोस् लक्ष्मी पूजाको दिन कुन–कुन चीज विशेष रूपमा चढाउनु पर्छ।
१. लक्ष्मी पूजाको दिन बिहान चाँडै उठ्नुहोस्। उठिसकेपछि लक्ष्मी मन्दिर गएर राम्रो केही वस्त्र र गुलाबको फुल चढाउनुहोस् ।
२. लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साझ लक्ष्मीपुजा गर्ने क्रममा चढाउनुहोस् ।
३. लक्ष्मी पूजाको रात लक्ष्मी पुजा गर्दा नौ गोमती चक्र राखनुहोस। पूजा सकिए पछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस् ।
४. पूजाको साझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस्। विशेष पूजामा यो उपाय गर्नुहोस ।
५. यस रात पाँच साबुत सुपाडी, कालो बेसार, पाँच पहेलो कौडी पनि राख्नुहोस्। पूजा पछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस् ।