कस्तो क्रुर बाबु, आफ्नो छोरीलाई पनि बाँकी राखेन

जिल्ला प्रहरी कार्यालय बाराले छोरीलाई बलात्कार गरेको आरोपमा एक बाबुलाई पक्राउ गरेको छ । ३८ वर्षका कोल्हवी–२ बस्ने उनलाई २२ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पीडित २२ वर्षीया किशोरीले हिजो (बिहीबार) प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।



पीडित किशोरीको ०७५ माघमा विवाह भएको थियो । तर, विवाहपछि घरमा कुरा नमिलेपछि माइतीमै बस्दै आएकी उनलाई बाबुले पटक–पटक आफूलाई जबरजस्ती करणी गर्ने गरेको बयान पीडितले दिएको डीएसपी राठौरले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार