माक्र्सवाद र लेनिनवादले हाम्रो देशलाई ठोस निकास दिँदैनन्ः नेता गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट नै मुलुकमा समाजवाद स्थापना गर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद हुँदै साम्यवादमा पुग्ने बताए ।

उनले अहिले मुलुकमा समाजवाद निर्माण गर्ने उपयुक्त विचार के हुन सक्दछ भनेर छलफल भइरहेको बताउँदै अन्य दार्शनिकका विचारले नभई हाम्रै देशमा नै बनाइएको विचारले मुलुकलाई निकास दिने उल्लेख गरे ।



“हामीले हाम्रै मुलुकमा विकास भएको विचारधारालाई टेकेर समाजवाद स्थापना गर्ने हो”, उनले भने, “माक्र्सवाद र लेनिनवाद दर्शनसम्बन्धी विचार हुन् । यी विचारले हाम्रो देशलाई ठोस निकास दिँदैनन् ।” पार्टी एकीकरण गर्दा भएका सहमतिअनुसार नै पार्टीको विचारलाई अवलम्बन गरिने उनको भनाइ छ ।

नेता गौतमले आगामी एकता महाधिवेशनसम्म पार्टीको विचार कुन हुने भन्नेबारेमा निष्कर्ष निकाल्ने भन्दै जनताको बहुदलीय जनवाद ९जबज० लाई अगाडि सार्ने हो भने सुनभन्दा नि पक्का सुन हुने बताए ।

“पार्टी एकतामा अर्को शक्तिलाई पनि सम्मान गरेर जानु पर्दछ”, उनले भने, “सम्मान गर्नका लागि जबज र २१ औं शताब्दीको जनवादलाई परिमार्जन गरेर पार्टीका आधिकारिक विचारधारा निर्माण गर्ने छौं ।” उनले पार्टी एकतालाई ख्याल गरेर फाउण्डेशनले मदन भण्डारीको विचारलाई अगाडि सार्नुपर्ने बताए ।

सम्बन्धित समाचार