बन्द इजलासमा महराको यस्तो बयान, १२ गते रोशनीको कोठामा छिरेकै छैन

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा महराको बयान लिइएको हो। सरकारी वकिलको कार्यालयमा यसअघि नै सात घण्टा लामो इन्कारी बयान दिएका महराले अदालतमा पनि त्यही कुरा दोहोर्याएका छन्।

बयानका क्रममा महराले असोज १२ गते साँझ तीनकुने क्षेत्रमा गए पनि आफूमाथि बलात्कार प्रयास आरोप लगाउने महिला राेशनी शाहीको कोठामा नछिरेको दोहोर्‍याएका छन्। उनले ती महिलाको कोठामा नछिरेपछि बलात्कार प्रयास गरेको कुरै नआउने अडान राखेका छन्। महराले बयानका क्रममा आफूले हार्ड ड्रिङ्क्स नगर्ने पनि जिकिर गरेका छन्।



प्रहरीले यसअघि नै अनुसन्धानका क्रममा महरा पीडित भनिएकी महिलाको कोठामा करिब डेढ घण्टासम्म बसेको जनाइसकेको छ । महरा तीनकुने क्षेत्रमा साँझ गएर करिब डेढ घण्टापछि बालुवाटार फर्किएको पुष्टि प्रहरीले अनुसन्धानबाट गरिसकेको छ। तर महराविरुद्ध आरोप लगाएकी महिलाले पछि कुरा फेरेर महराले आफूलाई केही नगरेको जिकिर गरेकी छन्।

काठमाडौं जिल्ला अदालतमा निवेदन नै दिएर उनले महरा आफ्नो कोठामा आउँदै नआएकाले बलात्कार प्रयास हुने कुरै नभएको पनि दाबी गरेकी छन्।

सम्बन्धित समाचार