गुल्मीमा बेवारिसे अवस्थामा ३ वटा शव फेला परेका छन् । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिला र करिव ७-८ वर्षका बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।
कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अवस्थामा महिलाको शव भेटिएको थियो भने नजिकै दुई बालकको शव भेटिएको थियो ।
मृतकको पहिचान खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमका लागि सदरमुकाम पठाउन लागिएको प्रहरीले जनाएको छ ।