उम्मेदवारको टुङ्गो लगाउन नेकपाको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको टुङ्गो लगाउने भएको छ । त्यसका लागि आज पुनस् नेकपाको सचिवालय बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार(हिजो) बसेको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार समय अभावले शनिवारको बैठकबाट उम्मेदवारको टुङ्गो लगाउन नसकेको हो ।



बैठकले तल्लो तहबाट आएका उम्मेदवारको सिफारिसमा प्रारम्भिक छलफलसमेत गरेको जनाइएको छ । ‘बैठकमा हामीले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट आएका सिफारिस अध्ययन गरेका छौँ, तिनमा छलफल शुरु भएको छ’, उनले भने, ‘आइतवारको बैठकपछि उम्मेदवारको घोषणा गर्नेछौँ ।’

पार्टीले उम्मेदवार सिफारिस गर्दा तल्लो तहलाई कम्तीमा तीन जनाको नाम भने पनि कतिपय ठाउँबाट एक जनाको नाममात्र पनि सिफारिस छ भने कतिपय ठाउँबाट दुई, तीन जनाको सिफारिस भएको प्रवक्ता श्रेष्ठले बताए । हिजोको बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

सम्बन्धित समाचार