आपतकालिन उपचारमा प्रयोग हुने केही जडिबुटी – भान्सामै छन् यी औषधिहरु

हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ। त्यस्तो अवस्थामा हाम्रो वरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ। सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा नै उपचार गर्न सकिन्छ।

स्वास्थ्यमा आपतकालिन समस्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटी स्



एलोभेरा (घिउकुमारी)

शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारी अचुक औषधिको रुपमा प्रयोग गरिन्छ। पोलेको ठाउँमा यसको रस लगाउँदा चिसो र शितलता प्रदान गर्छ। गमला वा सानो प्लाष्टिकको बट्टामा नै घर वरिपरि रोप्न सकिने घिउकुमारीका अनगिन्ति फाइदा छन्।

बिटर एलो (तितो घिउकुमारी)
घिउकुमारीकै एक जात ९तर ठूला आकारका पात० को यो जडिबुटि कब्जियत, एपेन्डिसाईटिस र पित्तासयको रोगको उपचारमा प्रयोग गरिन्छ। एलोलाई क्याप्सुलको रुपमा पनि किन्न पाइन्छ। यो क्याप्सुल नियमित सेवन गरेमा पाचन प्रणालीलाई सहयोग पुग्छ। शरीरमा भएका विषादि हटाउन दैनिक एक क्याप्सल एलो खान सकिन्छ ।

अदुवा
दैनिक किचनमा प्रयोग हुने अदुवाले पाचनशक्ति वृद्धि गर्छ। यसले अनावश्यक ग्याँस फाल्न मद्दत गरी पेटलाई हल्का बनाउनुका साथै बान्ता आउने समस्याको समाधान गर्छ। हरेक राती एक कप अदुवा चिया खाँदा पाचन प्रक्रियालाई सहज बनाउछ। त्यस्तै मनतातो अदुवा पानी खाँदा बान्ता आउने समस्याको समाधान गर्छ।

लसुन
क्यान्सर रोगबाट बचाउने लसुनले रोग प्रतिरोध क्षमतालाई पनि बलियो बनाउछ। एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले चिसो, ज्वरो र फ्लुबाट जोगाउँछ। लसुनको नियमति सेवनले आन्तरिक संक्रमणबाट बचाउँछ। त्यस्तै खेलाडीको पैताला र कानमा बाह्य संक्रमण भएमा लसुनको रस लगाउँदा तत्कालै उपचार हुन्छ।

प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ। दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।

बेसार
बेसार आफैमा एन्टिसेप्टिक र एन्टि व्याक्टेरियाजन्य तत्व हो। त्यही भएर काटेको ठाउँमा, जलेको स्थान वा अन्य घाउमा यसको प्रयोग गरिन्छ। सामान्य चोटपछिको घाउमा बेसार दल्ने संस्कार प्रचलित छ। चिसो लागेको छ रु सुत्नु अगाडि तातो दुधमा केही चिम्टि बेसार राखेर पिउनुहोस्। एक रातमै तपाईको चिसो भाग्छ।

बेसारले प्राकृतिक पेन किलर ९दुखाई कम गर्ने औषधि०को काम गर्छ। छालासम्बन्धि निश्चित रोगको उपचारमा पनि बेसारको प्रयोग हुन्छ। बेसारले मुटु रोग र क्यान्सरबाट बचाउँछ। बेसारले डिप्रेसन रोगको औषधीको काम गर्छ। नियमित बेसारको धुलो अनुहारमा लगाउँदा अनुहारमा चमक ल्याउनुका साथै चाउरीनबाट बचाउँछ।

प्याज
प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ जसले ग्याष्ट्रिकबाट पनि बचाउछ। प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ। प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ। लन्चको समयमा प्याजलाई सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ। पाचनमा समस्या भएकाहरुले दिनमा एउटा काँचो प्याज चबाएमा पाचन समस्याको समाधान हुन्छ।

जलेको छालामा प्याज दल्दा छालालाई आराम दिन्छ। नियमित काँचो प्याज खाँदा छालामा चमक आउँछ। नियमित प्याज खाएमा मुटुमा समस्या ल्याउने खराब कोलेस्ट्रोललाई हटाउन सकिन्छ। प्याजलाई पानीमा भिजाएर केही मिनेट राखेर खाँदा शरीरलाई शितल प्रदान गर्छ। त्यस्तै प्याजलाई ज्वरो आउदा पनि प्रयोग गर्न सकिन्छ।

हनहनी ज्वरो आउँदा प्याजको टुक्रालाई निधारमा राखेमा ज्वरो घट्छ। प्याजलाई हल्का पानीमा डुबाएर निधार, पैताला र हातखुट्टामा दल्दा बिरामीलाई हल्का महशुस हुन्छ। गर्मीमा नाथ्रो फुटेर नाकबाट रगत आएको छ भने प्याजलाई दुई तीन टुक्रा बनाउनुहोस र बेस्सरी नस लिनुहोस वा सुघ्नुहोस नाकबाट रगत आउन छाड्छ।

हींग
हींगले पाचनक्रिया मजबुत बनाउछ। श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउछ। रोघाखोकी लाग्नबाट बचाउछ। तातो पानीमा राखेर हिंग खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ। पेट दुख्दा तातो पानीसंग हींग खाँदा दुखाई कम हुन्छ। दाँत दुखेमा हींग खाँदा राहत मिल्छ। दुखाई भएको ठाउमा हींगको लेप लगाउदा दुखाई कम हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउछ । दाद, लुतो भएको ठाउमा हिंगको लेप लगाउदा औषधिको काम गर्छ। कब्जियत भएमा तातो पानी र हिंग खाँदा फाइदा हुन्छ।

सम्बन्धित समाचार