पूर्व सभामुख महरा पुर्पक्षका लागि कारागार चलान

जिल्ला अदालत काठमाण्डौले पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।

संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका महरालाई थुनछेक बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएकाले थुनामै राख्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामै राखेर मुद्दा अगाडि बढाउन आदेश दिएको हो ।



अदालतको आदेशपछि महरालाई डिल्ली बजार कारागार पठाइएको छ ।

सम्बन्धित समाचार