ठगी आरोप लागेका राज्यमन्त्रीद्वारा राजीनामा

कीर्ते र ठगीको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । उनले आइतवार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका हुन् ।

कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति बहुमुखी क्याम्पसको शेयर बिक्रीमा सरकारी कागजात कीर्ते गरेको र ठगी गरेको आरोपमा राज्य मन्त्री रावलसहित ३६ जना शेयर सदस्यका नाममा प्रहरीले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गरेको थियो ।



उनलाई जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा छाड्न आदेश दिएको थियो । तारा दत्त जोशी सहितका शेयर सदस्यहरुले तत्कालीन सञ्चालक समितिका अध्यक्ष इन्द्रराज बडु र क्याम्पस प्रमुख भोलानाथ शर्माका नाममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कटानी जाहेरी सहित २०७५ साउनमा कीर्ते र ठगि आरोपमा मुद्दा दत्र्ता गरेका थिए ।

३६ जना आरोपी मध्ये अदालतमा उपस्थित भएका १२ जना पनि साधारण तारेख र केही धरौटीमा रिहा भएका जिल्ला अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

राज्यमन्त्रीसहितको अरोपितहरुमाथि कागजात कीर्ते गरेको, शेयरको अस्वभाविक मूल्यांकन गरी लाभांश रकम फिर्ता लगेको, चुक्ता पुँजी दाखिला नगरेको र प्रक्रिया बिना प्रा.लि.लाई पब्लिक लिमिटेडमा लगि ठगी गर्न खोजेको आरोप छ ।

सम्बन्धित समाचार