रुप ज्योतीलाई थप ५ दिन थुनामा राख्‍न अदालतले दियो अनुमति

ठगी आरोपमा पक्राउ परेका  रुपज्योतिलाई थप ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आइतबार अनुमति दिएको छ । यसअघि उनलाई अदालतले तीन दिनको म्याद दिएको थियो ।

ज्योति समूहका तीन कम्पनी स्याकार एण्ड कम्पनी, जय स्पिनिङ मिल र ज्योति एण्ड कम्पनीको लगानी रहेको ल्याण्डमार्क कम्पनीले तयार पारेको हाउजिङ विवादका कारण ज्योति समूहका सदस्यहरुसहितलाई पक्राउ पुर्जी जारी गरिएको थियो ।

ल्याण्डमार्क कम्पनीमा सेयर होल्डरमात्रै रहेका रुप ज्योति, सौरभ ज्योति, सहृद ज्योति, अभिक ज्योति, पद्म ज्योति, कमला कंशाकार, सुरुची ज्योतिलाई पक्राउ पुर्जी जारी गरिएको भए पनि रुप ज्योति र उनकी छोरी सुरुची विमानस्थलबाटै पक्राउ गरि हिरासतमा राखिएको छ ।



सम्बन्धित समाचार