यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

देशको पहाडी भू-भागमा आंसिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एउटा कमजोर आँधी पश्चिमी नेपालतर्फ बढिरहेको र बुधबारसम्ममा नेपालमा यसको प्रभाव देखिने महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । राती देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।



मंगलबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । राती देशको पहाडी भू-भागमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

बुधबार भने दिउँसो देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । राती देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

सम्बन्धित समाचार