संसदीय समिति बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे छलफल गर्न भन्दै संसदको राज्य व्यवस्था समितिले प्रधानमन्त्री ओलीलाई छलफलका लागि बोलाएको थियो । तर ओली सिंहदरबारमा भएको समितिको बैठकमा उपस्थित भएनन् ।



बैठकमा प्रधानमन्त्रीको तर्फबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल उपस्थित भएकी छन् ।

अर्यालका अनुसार स्वास्थ्यका कारण बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेका हुन् । प्रधानमन्त्री ओली आजै विहान भएको नेकपाको सचिवायल बैठकमा भने उपस्थित भएका थिए ।

संसदीय समितिको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित भएका छन् ।

सम्बन्धित समाचार